१६ बैशाख २०८१, आइतबार

देशभर १ सय वटा विद्यालय नमुना विकासका लागि  छनौट

प्रकाशित मिति :  16 July, 2020 7:33 pm


काठमाडौं, साउन १ ।

देशभर १ सय वटा विद्यालय नमुना विकासका लागि  छनौट भएका छन् ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको सूचनामा यसपटक देशभर एक सयवटा विद्यालय नमूनाका लागि छनौट गरिएको उल्लेख गरिएको छ ।

सरकारले यसअघि छनौट नभएका स्थानीय तहका विद्यालयलाई नमुनाका लागि छनौट गरिएको केन्द्रले जनाएको छ । मन्त्री स्तरको निर्णयबाट नमुना विद्यालय छनौट भएका हुन् ।

विद्यालय क्षेत्र विकास योजना अनुसार सबै स्थानीय तहमा क्रमशः नमुन विद्यालय विकास गर्ने सरकारको लक्ष्य छ । रोल्पामा यसपटक दुईवटा विद्यालय नमुना विकासका लागि छनौट भएका छन् ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका-२ को त्रिपुरेश्वरी माध्यमिक विद्यालय र त्रिवेणी गाउँपालिका-५ को जन जागृति माध्यमिक विद्यालय गरि दुईवटा विद्यालयहरु नमुना विकासका लागि छनौट भएका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती मगरको विशेष पहलमा रोल्पा जिल्ला सुनिलस्मृति गाउँपालिका-२ को श्री त्रिपुरेश्वरी माध्यमिक विद्यालय र त्रिवेणी गाउँपालिका-५ को श्री जन जागृति माध्यमिक विद्यालय गरि दुईवटा विद्यालयहरु नमुना विकासका लागि छनौट भएको सभापति घर्तीका स्वाकीय सचिव मदन घर्तीमगरले जानकारी गराएका छन् ।

रोल्पामा यसअघि ४ वटा विद्यालय नमुना विकासका लागि छनौट भईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !