२७ बैशाख २०८१, बिहिबार

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरोमा परी तीन जनाको मृत्यु

प्रकाशित मिति :  17 July, 2020 8:49 am


कास्की, साउन २ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।

वडा नं ८ को खोराकोमुखस्थित पाखामा प्रेमराज विकको घर बिहान अन्दाजी पौने ६ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी    दिए ।

सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका छन् । घरको माथिबाट झरेको पहिरोले कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गर्दैै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !