७ जेष्ठ २०८१, सोमबार

सरकारी कर्मचारीद्धारा नै नेपाल टेलिकमको सर्भर ह्याक, एक जना पक्राउ

प्रकाशित मिति :  17 July, 2020 5:09 pm


काठमाडौं, साउन २ ।

नेपाल टेलिकमको सर्भर ह्याक गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

टेलिकमको मोबाईल एप सर्भर सिस्टमभित्र पसेर नेपाल टेलिकमको प्याकेज प्रयोग गर्ने तथा बिक्री गरेको आरोपमा एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्यूटर अपरेटर दिवाकर देउजा पक्राउ परेका हुन् ।

देउजाले नेपाल टेलिकमको प्याकेज बिक्री तथा प्रयोग गरेर नेपाल टेलिकमलाई क्षति पुराएको देखिएको छ । नेपाल टेलिकमले सर्भर ह्याकबाट कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुगेको जनाएको छ ।

आफ्नो सर्भरभित्र पसेर हानी नोक्सानी पुराएको भन्दै कारबाही गर्न माग गरेको थियो । धनकुटाको पाख्रिवास नगरपालिका ५ का देउजाले डिजिटल ईन्टेलिजेन्सको माध्यमबाट नेपाल टेलिकमको सर्भरमा प्रवेश गरेर गैरकानूनी काम गर्दै आएको ब्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !