१८ बैशाख २०८१, मंगलबार

अमेरीकामा मास्क लगाउन अनिवार्य गर्न नसकिने राष्ट्रपति ट्रम्पको भनाई

प्रकाशित मिति :  18 July, 2020 8:39 am


काठमाडौं, साउन ३ । 

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई मास्क लगाउन अनिवार्य गर्न नसकिने बताएका छन् ।

अमेरीकामा संक्रमण तिब्र फैलिरहेका बेला राष्ट्रपति ट्रम्पले मास्क लगाउने विषय बाध्यकारी बनाउन नसकिने बताएका हुन् ।

अमेरीकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डा.एन्थनी फाउचीले प्रान्तीय तथा स्थानीय नेताहरुलाई कोरोना संक्रमण रोक्नका लागि हरसम्भव प्रयास गर्न र मास्क लगाउन आग्रह गरेको बेला राष्ट्रपति ट्रम्पको यस्तो भनाई आएको हो ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ फाउचीले भने मास्क लगाउन निकै महत्वपूर्ण भएको र यो सबैले लगाउन आवश्यक रहेको बताएका छन् ।
तर, राष्ट्रपति ट्रम्पले अमेरीकी न्यूज च्यानल फक्ससँग कुरा गर्दै अमेरिकामा मास्क अनिवार्य गर्ने विषयमा आफू सहमत नभएको बताएका छन् । उनले भने,‘मानिसहरुलाई निश्चित स्वतन्त्रता मिल्न आवश्यक छ ।’

अमेरीकी प्रान्त जर्जियामा रिपब्लिकन पार्टीका गभर्नर ब्रायन केन्पले आफ्ना प्रान्तका नागरिकलाई आउदो महिला सम्म मास्क लगाउन आग्रह गरेका छन् । त्यस्तै अन्य प्रान्तमा पनि मास्क लगाउन अनिवार्य गरिएको छ । अमेरीकाका दक्षिणी क्षेत्रमो कोरोना संक्रमणको दर बढी देखिएको छ ।

अहिलेसम्म अमेरीकामा ३६ लाख मानिस संकक्रमित भईसकेका छन् भने झण्डै १ लाख ४० हजारको ज्यान गईसकेको छ ।



प्रतिक्रिया दिनुहोस !