११ बैशाख २०८१, मंगलबार

कोरोना संक्रमित भेटिएपछि रोल्पा नगरपालिकाका धवाङ र गुरुङ गाउँ शिल, बजार क्षेत्रमा समेत लकडाउन

प्रकाशित मिति :  18 July, 2020 3:57 pm


रोल्पा, साउन ३ ।

रोल्पा नगरपालिकाभित्र एकै दिन १३ जना कोरोना संक्रमित भेटिएपछि अर्को सूचना जारी नभएसम्म वडानम्बर ४ पूर्ण रुपमा सिल गरेको छ ।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको निर्देशन अनुसार रोल्पा नगरपालिकाको आज बसेको बैठकले आजै मध्यान्ह १२ बजेदेखि अर्को सुचना जारि नभएसम्म कोभिड-१९ को सम्भावित जोखिमपूर्ण क्षेत्र रोल्पा नगरपालिकाको वडा नम्बर ४ को गुरुङगाउँ, वडा नम्बर १० अर्थात धबाङको साबिकको १,२,३ नम्बर वडालाई पूर्ण रुपमा शिल गरिएको हो ।

नगरपालिकाले उक्त क्षेत्रका बासिन्दाहरुलाई कोभिड—१९ को जोखिमबाट बच्न हातधुने, मास्क लाउने, एक घरबाट अर्को घरमा नजाने, सामाजिक दुरि कायम गर्ने, भिडभाड नगर्ने, सामुहिक रुपमा नबस्ने, दुरि कायम गर्ने जस्ता कार्यको पालना गर्न नगरपालिकाले अनुरोध छ ।

शिल गरिएको क्षेत्रमा बाहिरबाट कोहिपनि प्रवेश नगर्न र त्यहाँबाट कोहिपनि अन्यत्र नजान निर्देशन जारी गरिएको मेयर पूर्ण के.सीले जानकारी दिए ।

नगरपालिका बैठकले भोली बेलुकी ६ बजेदेखि रोल्पा नगरपालिकाको वडा नम्बर १,२,३,४ को बजार क्षेत्र समेत पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरिएको छ । नगरपालिकाले भनेको छ,‘लकडाउन पूर्णरुपमा पालना गर्न सबै नागरिकहरुलाइ अनुरोध गर्दै यदि यसको अवज्ञा गरेमा कानुन बमोजिम कडा भन्दा कडा कारवाहि गरिने जानकारी गराउदछौं ।’

रोल्पा नगरपालिकाको वडा नम्बर १० मा १२ जना र वडानम्बर ४ मा १ कोरोना संक्रमित भेटिएका थिए । संक्रमित मध्य एक जना कोरोना पोजेटिभ पुष्टि हुनुभन्दा पहिले नै वडा नम्बर ४ स्थिति गुरुङ गाँउ लिवाङ बजार हिडडुल गरेको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस !