२६ बैशाख २०८१, बुधबार

कोरोना संक्रमित भेटिएपछि चीनको सिनजियाङ क्षेत्रको राजधानीमा ‘युद्धको स्थिति’

प्रकाशित मिति :  19 July, 2020 8:05 am


काठमाडौं, साउन ४ ।

चीनको सिनजियाङ क्षेत्रको राजधानी उरुमकीमा कोरोना भाइरस संक्रमित देखिएपछि सरकारले ‘युद्धको स्थिति’ घोषणा गरेको छ ।

चिनियाँ अधिकारीहरुले शनिबार मात्रै १७ जना कोरोना संक्रमित भेटिएपछि सतर्कता अपनाएको बताएका छन् । यद्यपी यो संक्रमित संख्या निकै कम हो र चीनमा पछिल्लो समय कोरोना संक्रमित व्यक्ति निकै कममात्रामा पाईएका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

चीन कोरोना संक्रमणबाट प्रभावित २० शिर्ष देशभित्रपनि पर्दैन । चीनमा अहिलेसम्म ८५ हजार संक्रमित र ४६ सयको मृत्यु भएको छ । सिनजियाङ खास गरेर वीगर मुसलमान र तुर्क अल्पसंख्यकको बसोबास रहेको क्षेत्र हो ।

उक्त क्षेत्रमा बुधबार मात्रै नयाँ संक्रमणको पत्ता लागेको थियो । यो क्षेत्रमा यसअघिदेखि नै कोरोना संक्रमित भेटिएका छन् र आउने जाने सबै उडान बन्द गरिएको छ । शनिबार थप १७ जना संक्रमित देखिएपछि सरकारले थप सचेतता अपनाएको हो । चिनियाँ अधिकारीका अनुसार पूरा शहर युद्धको स्थितिको रुपमा राखिएको छ र सबै खाले सामुहिक गतिविधि बन्द गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !