१६ बैशाख २०८१, आइतबार

लुम्बिनी गुरुयोजना क्षेत्रमा ४८०० वटा बुद्धकालिन बिरुवाहरु रोपियो

प्रकाशित मिति :  19 July, 2020 7:28 pm


प्रमुख सेनानी माटागुंलु कोषका उपाध्यक्ष भिक्षु मेत्तेयलाई वृक्षारोपण गरिएका विरुवा हस्तान्तरण गर्दै

रुपन्देही, साउन ४ ।

लुम्बिनी गुरुयोजना क्षेत्रमा ४८०० वटा बुद्धकालीन बिरुवाहरु रोपिएको छ । नेपाली सेनाले उक्त बिरुवा रोपी लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छ ।

लुम्बिनी विकास कोषमा आज आयोजित कार्यक्रममा श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गण, हात्तीखोर, नवलपरासीका प्रमुख सेनानी शारदाभट्ट माटागुंलुले कोषका उपाध्यक्ष भिक्षु मेत्तेयलाई वृक्षारोपण गरिएका विरुवा हस्तान्तरण गरेका छन् ।

नेपाली सेनाले लुम्बिनी परिसरभित्र आँप, अशोक, कदम, कोइरालो, अम्बा, पीपल, वर लगायतका विरुवा रोपेर छेकबार समेत गरेको छ ।
वन तथा भू संरक्षण विकासको स्वीकृत योजना अन्तर्गत नेपाली सेनाले लुम्बिनीमा वृक्षारोपण गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस !