५ जेष्ठ २०८१, शनिबार

बाबुु आमा मार्ने तालिवानीसँग एक्लै भिडेर बदला लिईन अफगान युवतीले

प्रकाशित मिति :  22 July, 2020 2:42 pm


काठमाडौं, साउन ७ ।

अफगानिस्तानमा एक युवतीले आफ्ना आमाबुबाको हत्या गर्ने दुई तालिवान कट्टपन्थीको हत्या गरेर बदला लिएकी छन् । अहिले ति केटीको ‘बहादुरी’को सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ

यो घटना १७ जुलाईको रात अफगानिस्तानको घोर प्रान्तको गैरिभ गाउँको हो। स्थानीय अधिकारीका अनुसार उक्त युवतीले आफ्नो घरमा रहेको एकके ४७ राइफलले दुई चरमपन्थीलाई मारिदिएकी छन् भने धेरैलाई घाइते बनाएकी छन् ।

सरकारी अधिकारीहरुले केटीको बुबा सरकारको समर्थक र गाउँको प्रमुख भएको बताएका छन् । तालिवान कट्टरपन्थीहरूले गारिभ गाउँमा आएर गाउँप्रमुखमाथी आक्रमण सुरु गरेका थिए ।

स्थानीय प्रहरी प्रमुख हबीबुर रहमान मलिकजादाले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार ति युवतीकी आमाले प्रतिवाद गरेपनि तालिवानको समूहले ती केटीको बुबालाई घरबाट बाहिर निकालेर हत्या गरेका थिए ।

आफ्ना बुबाको हत्या भएपछि ति केटीले घरभित्र रहेको एके ४७ राईफल उठाएर सबैभन्दा पहिले आफ्ना ुबुबालाई मार्नेमाथी प्रहार गरिन् । गोली प्रहारबाट हत्यामा संलग्न दुई जनाको मृत्यु भयो भने अन्य घाईते भए ।

केटीको उमेर १४ देखि १६ वर्षकोबीचको भएको बताईएको छ र उनको हातमा रहेको एके ४७ को तस्बिर पनि सोशल मीडियामा सेयर भइरहेको बीबीसीले जनाएको छ ।

घटनापछि, सोशल मिडियामा ती केटीको प्रशंसा भइरहेको छ। मिडिया रिपोर्ट अनुसार घोर अफगानिस्तानको सबैभन्दा विकसित विकसित राज्य हो।  तालिबानले

फेब्रुअरीमा अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तर यसको एउटा ठूलो समूहले अफगान सरकारलाई हटाउन चाहन्छ ।



प्रतिक्रिया दिनुहोस !