२१ बैशाख २०८१, शुक्रबार

कञ्चनपुरमा वडा कार्यालयमा आगजनी

प्रकाशित मिति :  23 July, 2020 8:10 am


कञ्चनपुर, ८ साउन ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नंं.  ७ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । वडा सचिव महेश भट्टले कार्यालयको झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको जानकारी दिए ।

आगजनीबाट कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको सचिव भट्टले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारी प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिएका छन् ।

क्षतिको विवरण संकलन भईरहेको प्रहरी निरीक्षक रावलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !