१३ बैशाख २०८१, बिहिबार

सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय पुग्यो

प्रकाशित मिति :  24 July, 2020 12:54 pm


काठमाडौं, ९ साउन ।   सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ।

हिजो ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर नयाँ रेकर्ड कायम राखेको हो । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा पुगेको छ ।  हिजो चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !