१३ बैशाख २०८१, बिहिबार

मलेसियामा कार्यस्थलबाटै एक नेपाली युवक पक्राउ, नेपाली दूतावासले चासो नदिएको आरोप

प्रकाशित मिति :  25 July, 2020 8:49 am


काठमाडौं, १० साउन ।

रोजगारीका लागि मलेसिया गएका एक नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको शंकरपुरा गाउँपालिका वडा नं. ७ का भुपिन कुमार मुखियालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मुखिया २०७३ माघमा काठमाडौं बानेश्वरको एकता मेनपावरबाट मलेसिया रोजगारीमा गएका थिए । मलेसियाको सेलाङ्गर जिल्लाको कोसान ग्लोभ कम्पनीमा ४३ महिनादेखि काम गर्दै आएका मुखियाको स्थानीय युवतीसँग प्रेमसम्बन्धमा परेका थिए । यसैक्रममा मुखिया ति केटीसँग बाहिर होटेलमा दुई रात सँगै बसेका थिए ।

युवतीको अभिभावकले थाहा पाएर आफ्नो छोरीलाई बलात्कार गरेको भन्दै मुखिया विरुद्ध मुद्दा दर्ता गरे । सोही मुद्दाको आधारमा मुखियालाई प्रहरीले कार्यस्थलबाटै पक्राउ गरेको मलेसियाबाट टोपबहादुर पुन मगरले जानकारी गराएका छन् ।

कार्यक्षेत्रमा काम गरिरहेकै अवस्थामा प्रहरीले मुखियालाई पक्राउ गर्दा समेत कम्पनीले कुनै चासो नदेखाएकोे पुनमगरले बताए । उनले भनेका छन्,”साथीहरुले मुखियालाई छुटाउनु पर्ने कुरा राख्दासमेत कम्पनीले विभिन्न बहानामा बनाउँदै पन्छिदै आएको छ ।”

मुखियाका पक्राउबारे पनि दूतावासले चासो नदेखाएको आरोप लागेकोे छ । दूतावासले पहल नगरे अबको १र२ दिन भित्र एक तर्फी बयान लिएर त्यहाँको कानुन अनुसार जेल चलाउन गर्ने पुन मगरले लुम्बिनी सञ्चारलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !