५ जेष्ठ २०८१, शनिबार

गोविन्दराज जोशीसहित ३ जना कांग्रेसबाट निश्कासित, पार्टी अनुशासन उल्लंघन गरेको ठहर

प्रकाशित मिति :  25 July, 2020 9:53 pm


काठमाडौं, १० साउन ।

नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन जनालाई पार्टीबाट निश्कासन गरेको छ ।

केन्द्रीय अनुशासन समितिले जोशीसहित पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पाँचवर्षका लागि पार्टीबाट आज निश्कासन गरेको होे। पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै जोशीसहित, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर बिष्टलाई कारबाही गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको नेपाली कांग्रेसद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय,प्रदेश र संघको निर्वाचनका बेला आफ्नै पार्टीका उमेदवारलाई असहयोग गरेको आरोप उनीहरुमाथि थियो । अनुशासन समितिले तीनै जनासँग गत फागुन १९ गते स्पष्टीकरण सोधेको थियो तर जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको पाइएकाले पार्टीबाट निस्कासन गर्ने निर्णय भएको समितिले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !