११ बैशाख २०८१, मंगलबार

सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड, प्रतितोला ९६ हजार ३ सय पुग्यो

प्रकाशित मिति :  26 July, 2020 12:06 pm


काठमाडौं, ११ साउन ।

नेपाली बजारमा सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाईरहेको छ ।

शुक्रबार ९५ हजार ८ सय रुपैयाँ प्रतितोला कारोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार एकै दिन १३ सय रुपैयाँले बढेर ९५ हजार ८ सय पुगेको थियो ।

तेजाबी सुनको मूल्य ९५ हजार ८ सय ६० कायम भएको नेपाल सुनचाँची व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !