१२ बैशाख २०८१, बुधबार

जलाईएका चेपाङका घर १० दिनभित्र बनाईदिन र दोषीलाई कारवाही गर्न पूर्वमन्त्री शर्माको माग

प्रकाशित मिति :  27 July, 2020 11:31 am


काठमाडाैं, १२ साउन ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले चितवनमा जलाईएका चेपाङका घर १० दिनभित्र बनादिन सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्रिय निकुञ्जले वर्षे झरीकाबीच नै साउनको पहिलो हप्ता चेपाङका बस्ती जलाएपछि आलोचना हुँदै आएको छ । यो घटनाले वनमन्त्री शक्ति बस्नेत विवादमा तानिएका छन् । राष्ट्रिय मानवअधिकारले समेत घटनाको अध्ययन सुरु गरेको छ ।

नेता शर्माले पनि घटनाप्रति असन्तुष्टि जनाउँदै गल्ती सच्चाउन र दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले आज समाजिक सञ्जाल फेसबुकमा भनेका छन्,“ सरकारलाई मेरो आग्रह गल्ती सच्याउ,दोषीलाई कार्वाही गर, १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेउ ।”

चितवन राष्ट्रिय निकुन्जले माडी नगरपालिका–९ का चेपाङ वस्तीका घर हात्ती लगाएर भत्काइदिनुका साथै केहीमा आगजनीसमेत गरेको   थियो ।  माडी नगरपालिकाका अनुसार आठ वटा घर भत्काइएको र दुईवटा घरमा आगजनी गरिएको बताएको थियो ।

अविरल वर्षाको बेला घर नै नरहेपछि चेपाङ सुमदायको विचल्ली छ ।  माडी नगरपालिका–९ कुसुमखोलामा २०५३ सालदेखि सकुम्वासी चेपाङहरु बस्दै आएका थिए । निकुन्ज क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै उनीहरुका घर भत्काउनुका साथै आगजनी गरिएको हो । उक्त घटनाको विरोध भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !