७ बैशाख २०८१, शुक्रबार

थामिएन सुनको मूल्य, प्रतितोला ९७५०० रुपैयाँमा कारोबार

प्रकाशित मिति :  27 July, 2020 1:25 pm


काठमाडाैं, १२ साउन । सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेको छ ।

पछिल्ला दिनमा लगातार बढिरहेको सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । हिजो प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन आज १२ सय रुपैयाँले बढेुर नयाँ रेकर्ड कायम गरेको हो।

आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। आइतबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यपनि बढ्ने क्रम जारी छ ।



प्रतिक्रिया दिनुहोस !