६ जेष्ठ २०८१, आइतबार

बाँकेमा माइती नेपालले सञ्चालन गरेको खाना अभियान अब कोहलपुरमा

प्रकाशित मिति :  27 July, 2020 6:37 pm


बाँके, १२ साउन ।

बाँकेमा माइती नेपालले सञ्चालन गरेको खाना अभियान बाँकेको कोहलपुरमा सुरु भएको छ ।  नेपालगञ्ज उपमहानगरपालिकामा चलिरहेको अभियान आजदेखि कोहलपुरमा सञ्चालन गरिएको हो ।

अभियानलाई कोहलपुरका मेयर लुट बहादुर रावतले शुभारम्भ गरे । हवल्दारपुरस्थित माध्यमिक विद्यालयमा सञ्चालन अभियानको पहिलो दिन मेयर रावतले खाना बितरण गर्दै आर्थिक अवस्था कमजोर भएको परिवारलाई अभियानले राहत पुग्ने विश्वास व्यक्त गरे ।

उनले महिला तथा बालबालिकाहरुको बेचबिखन कार्य नियन्त्रणमा सक्रिय माइती नेपालको यस अभियानले धेरै व्यक्तिलाई सकारात्मक शन्देश दिने बताए । पहिलो दिन हवल्दारपुरका २ सय ५ जनालाई खाना वितरण गरिएको छ । गत असार १६ गते शुरु भएको अभियानले हालसम्म ७७ हजार ३ सय भन्दा बढिलाई खाना बितरण गरिसकिएको माइती नेपालले जनाएको छ ।

अभियानका क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा न–१२ स्थित बेलासपुर, बिटिएस चोक, नयाँबस्ती, वडा नं–१३ को घसियारनटोल, खटिकनपुर्वा, मसानघाट, बुलबुलिया, वडा नं–१९ को आलानगर, मोहनपुर, वडा न–२० को गायत्रीनगरमा खाना बितरण गरिएको छ ।

यस्तै नेपालगञ्ज क्वारेनटाइनमा बस्ने तथा निलसागर बृद्धाश्रममा रहेका व्यक्तिहरुलाईपनि यस अभियानका क्रममा खाना बितरण गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।

दैनिक रुपमा बिहानको एक छाक खाना बितरण गरिँदै आएको अभियान अन्तर्गत १४ हजारलाई एक छाक खाना खुवाइनेछ ।



प्रतिक्रिया दिनुहोस !