१३ बैशाख २०८१, बिहिबार

अदालतको आदेशमा रिहा लगत्तै विप्लव नेतृत्व नेकपा नेतृ उमा भुजेल फेरि पक्राउ,तेह्रथुम लैजाने तयारी

प्रकाशित मिति :  27 July, 2020 7:20 pm


काठमाडौं, १२ साउन ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेल र झापाका तत्कालिन इन्चार्ज सुमनसिंह पौडेललाई संखुवासभा जिल्ला अदालतको आदेशमा आज रिहा भएलगत्तै प्रहरीले फेरि पक्राउ गरेको छ ।

भुजेल र पौडेललाई सङ्गठित अपराध, आगजनी तथा विस्फोटको मुद्धा लगाईएको थियो । अदालतले नेतृ भुजेललाई १ लाख र पौडेललाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियोे ।

धरौटी बुझाएर रिहा भएलगत्तै नेतृ भुजेल र पौडेललाई प्रहरीले अदालत गेटबाटै पक्राउ गरेकोे हो । भुजेललाई तेह्रथुम लैजाने तयारी भएकोे छ । साधारण तारेखमा रिहा भएको मीनप्रसाद  पोख्रेल र पौैडेललाई भने सुनसरी लैजाने तयारी छ ।

नेकपाको तत्कालीन पोलिटब्यूरो सदस्य तथा मेची-कोशी ब्यूरो इन्चार्ज भुजेललाई झापाका जिल्ला ईन्चार्ज सुमनसिंह पौडेलसहित पुस १२ गते सुनसरीको चक्रघट्टीबाट प्रहरीले पक्राउ गरेको थियो ।

अदालतले छोड्ने आदेश दिएपनि भुजेललाई प्रहरीले पटक पटक पक्राउ गर्दै आएकोे छ । यसअघि पनि सुनसरी झापा, धनुषा कैलाली गोरखा हुँदै संखुवासभा पुराईएको थियाो ।



प्रतिक्रिया दिनुहोस !