२० बैशाख २०८१, बिहिबार

लागुऔषध चरेस बोकेको आरोपमा रोल्पाका ४ जनासहित ६ जना पक्राउ

प्रकाशित मिति :  28 July, 2020 9:00 am


दाङ, १३ साउन ।

दाङमा १५ किलो अबैध लागुऔषध चरेस सहित ६ जना पक्राउ परेका छन् ।

पक्राउपर्नेमा ४ जना रोल्पाका १ जना सल्यान र १ जना बाँकेका छन् । घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कस्थित रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १५ किलो चरेससहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका १० का आकाश बिक, जितकुमार विक, थवाङ गाउँपालिका ५ का कमला घर्ती, परिवर्तन गाउँपालिका ४ का जुनु बुढा, सल्यान वनगाढ नगरपालिका १२ का डिलबहादुर बिक र नेपालगञ्ज उपमहानगरपालिका बाँकेका सन्तोष गुरुङ रहेका छन्।

५ नम्बर प्रदेश प्रहरी ब्यूरोबाट खटिएको प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीको टोलीले उनीहरुलाई हिजो पक्राउ गरेको प्रदेश-५ प्रहरीले जनाएको   छ ।

यसअघि साउन ९ गते दाङको भालुवाङबाट झण्डै सात किलो अफिमसहित पक्राउ परेका रोल्पाका ४ जना पक्राउ परेका थिए ।

अफिमसहित पक्राउ परेका रोल्पा सुनछहरी गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय दुजबहादुर रोका, सुनछहरी गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय लालमन घर्ती मगर, ३२ वर्षीय हर्कबहादुर घर्ती मगर र २२ वर्षीय लालसिंह विकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको  छ ।



प्रतिक्रिया दिनुहोस !