१३ बैशाख २०८१, बिहिबार

सुनको मूल्य तोलाको १ लाख रुपैयाँ नाघ्यो

प्रकाशित मिति :  5 August, 2020 12:01 pm


काठमाडौं, २१ साउन । 

नेपाली बजारमा सुनको मूल्य १ लाख रुपैयाँ नाघेको छ । हरेक दिनजसो नयाँ रेकर्ड कायम गरिरहेको छापावाल सुनको मूल्य आज १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

आज मात्रै १६ सय रुपैयाँले सुनको मूल्य बढेको छ । हिजो छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो ।

तेजावी सुन आज मूल्य बढेर १ लाख ९ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य १२९५ रुपैयाँ पुगेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !