७ जेष्ठ २०८१, सोमबार

कहानी घरघरका टेलिभिजन अभिनेता समीर शर्माले गरे आत्महत्या

प्रकाशित मिति :  6 August, 2020 1:52 pm


काठमाडौं, २२ साउन ।

भारतका चर्चित अभिनेता सुसान्त सिंह राजपूतको आत्महत्याको घटना सेलाउन नपाउदै अर्का टेलिभिजन अभिनेता समीर शर्माले पनि आत्महत्या गरेका छन् ।

बुधबार शर्माको मृत सरिर दिल्लीस्थित आफ्नो भाडाको फ्ल्याटको भान्साको पंखामा कपडा बाँधेर भुन्डिएको अवस्थामा फेला परेको भारतीय प्रहरी स्रोतलाई उदृढ गर्दै दैनिक भास्करले जनाएको छ । घटनास्थलमा सुसाइट नोट भने फेला परेको छैन ।

बुधबार राती चौकीदारले झुन्डिएको अवस्थामा फेला पारेपछि राती नै प्रहरी पुगेको थियो । केही समयअघि विरामी रहेका उनी पछिल्ला दिनमा भने सन्चो भएर नियमित काममा फर्किसकेका थिए । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !