१४ बैशाख २०८१, शुक्रबार

नेपाली बजारमा सुनको मूल्य चर्कदो, प्रतितोला १,०२,५०० पुग्यो

प्रकाशित मिति :  6 August, 2020 2:04 pm


काठमाडौं, २२ साउन ।

नेपाली बजारमा सुनको मूल्य आज मात्रै ११०० रुपैयाँले बढेको छ । कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा उकालो चढ्नेक्रम जारी छ ।

बुधबार प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य १ लाख २ हजार २ सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । चाँदी १ एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !