८ जेष्ठ २०८१, मंगलबार

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, ४० हजार भन्दा धेरैको मृत्यु

प्रकाशित मिति :  7 August, 2020 7:29 am


काठमाडौं, २३ साउन ।

भारतमा कोरोना संक्रमितको संख्या २० लाख पार गरेको छ ।

सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा ५८ हजार नयाँ संक्रमित भेटिएसँगै भारतमा कोरोना संक्रमितको संख्या २० लाख २१ ह्जार ४ सय ७ पुगेको हो ।

भारतमा २० दिनभित्रै कारोना संक्रमितको संख्या दोब्बर भएको छ । यो संक्रमण बृद्धी अमेरिका र ब्राजिलभन्दा पनि बढी हो । अमेरिका र ब्राजिलपछि भारत कोरोना संक्रमित धेरै भएको देश हो ।

अहिलेसम्म भारतमा कोरोनाका कारण ४० हजार भन्दा धेरैको मृत्यु भएको छ यो संख्या विश्वको पाँचौ हो । संक्रमित भएर निको भएर फर्कनेको संख्या १३ लाख ७० हजार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो कुल संख्याको ६७ दशमलव ६२ प्रतिशत हो ।

भारतको सबैभन्दा संक्रमित राज्यमा महाराष्ट्र, तमिलनाडु, आन्ध्र प्रदेश, कर्नाटक, दिल्ली तथा उत्तर प्रदेश रहेका छन् । यि राज्यमा कोरोना संक्रमितको संख्या १ लाख भन्दा माथी छ ।



प्रतिक्रिया दिनुहोस !