१५ चैत्र २०८०, बिहिबार

कपिलवस्तुमा सरकारी कार्यालय,बैंक तथा वित्तीय संस्था र सार्वजनिक यातायात बन्द

प्रकाशित मिति :  7 August, 2020 8:13 am


‌कपिलवस्तु, २३ साउन ।

कपिलवस्तुमा आजदेखि अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय,बैंक तथा वित्तीय संस्था र सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गरेको छ ।

आज बिहान ५ बजेदेखि लागू हुने गरि १० दिनसम्म यो नियम लागू हुने जिल्ला प्रशशासन कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लामा अत्यावश्यक सेवाका सरकारी कार्यालय मालबाहक ढुवानी साधन भने सञ्चालन हुन पाउनेछन् । निजी सवारी साधनहरुमा पनि जोर बिजोर प्रणाली कायम गरिएको छ ।

क्पिलवस्तुमा पछिल्लो समय सरकारी कार्यालय,बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । यो नियम साउन ३२ गते राति १२ बजेसम्म लागू हुने छ ।

उल्लंघन गर्नेलाई कारबाही गरिने प्रशासनले जनाएको छ । कपिलवस्तुमा अहिलेसम्म अहिलेसम्म ८ सय ४० जना संक्रमित भेटिएका छन्। संक्रमित मध्य ७ सय ५५ जना निको भई घर फर्किसकेका छन्।



प्रतिक्रिया दिनुहोस !