१५ चैत्र २०८०, बिहिबार

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १,०३,५०० रुपैयाँ

प्रकाशित मिति :  7 August, 2020 12:56 pm


काठमाडौं, २३ साउन ।

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

आज १ हजार रुपैयाँले बृद्धी भएर १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको हो । हिजो प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । प्रतितोला चाँदीको मूल्य आज १ हजार ४०५ रुपैयाँ निर्धारण भएको छ ।



प्रतिक्रिया दिनुहोस !