१४ बैशाख २०८१, शुक्रबार

नेपाल रेड्क्रस सोसाइटी रोल्पाद्धारा लुंग्री र सुनिलस्मृति गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति :  7 August, 2020 1:42 pm


रोल्पा,२३ साउन ।

नेपाल रेड्क्रस सोसाइटी रोल्पाले लुंग्री र सुनिलस्मृति गाँउपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

दुबै गाँउपालिकालाई १५ पीस सेनिटाइजर,सर्जिकल मास्क-१०,००० पिस,ग्लोव्स ४०० सीस र सन्देश मूलक फ्लेक्स ८ पिस हस्तान्तरण गरेको हो । स्वास्थ्य सामाग्री लुंग्री गाँउपलिकाका अध्यक्ष र सुनिल स्मृति गाँउपालिकालाई हस्तान्तरण गरेको रेडक्रसले जनाएको छ । दुबै गाउँपालिका कोरोना प्रभावित गाउँपालिका हुन् ।

कोरोना संक्रमण फैलिएपछि नेपाल रेडक्रस सोसाइटी रोल्पाले जिल्लाका स्थानीय पालिकाहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आएको  छ ।



प्रतिक्रिया दिनुहोस !