१४ बैशाख २०८१, शुक्रबार

चालक दलसहित १९१ जना बोकेको एअर इन्डिया एक्सप्रेस विमान केरला विमानस्थलमा दुर्घटना

प्रकाशित मिति :  7 August, 2020 9:47 pm


काठमाडाैं, २३ साउन । 

एअर इन्डिया एक्सप्रेसको बोइङ विमान दुर्घटना भएको छ ।

बोइङ ७३७ विमान केरालाको करिपुर स्थित कोझिकोड  विमास्थलमा अवतरणका क्रममा दुर्घटना ग्रस्त भएको छ । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार चालक दलका सदस्यसहित दुबइ १९१ जना यात्रु बोकेर आएको विमान अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको    हो ।

धावन मार्गमा चिप्लिएपछि विमान दुई टुक्रा भएको छ । भारतीय मिडियाका अनुसार कैयौ यात्रु घाइते भएका छन् । एक पाटलट र दुई यात्रुको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ ।

भारी वर्षाका कारण विमान अवरण गर्ने वित्तिकै चिप्लिएको थियो ।  प्रारम्भिक जानकारी अनुसार विमान दुर्घटनाग्रस्त भएपनि आगलागी भने भएको छैन । थप जानकारी आउन बाँकी रहेको एएनआइले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !