८ बैशाख २०८१, शनिबार

भारतमा भएको विमान दुर्घटनामा पाइलटसहित १७ जनाको मृत्यु

प्रकाशित मिति :  8 August, 2020 7:29 am


काठमाडौं, २४ साउन ।

भारतमा भएको विमान दुर्घटनामा पाइलटसहित १७ जनाको मृत्यु भएको छ ।

एयर इण्डिया एक्प्रेसको विमान केरलाको कोझिकोड विमानस्थलमा हिजो साँझ विमान दुर्घटना भएको थियो । दुर्घटनाका क्रममा विमानमा भएका मध्य पाइलटसहित १७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बोइङ ७३७ विमान केरालाको करिपुर स्थित कोझिकोड विमास्थलमा अवतरणका क्रममा दुर्घटना ग्रस्त भएको थियो । धावन मार्गमा चिप्लिएपछि विमान दुई टुक्रा भएको छ ।

भारतीय मिडियाका अनुसार कैयौ यात्रु घाइते भएका छन् । भारी वर्षाका कारण विमान अवरण गर्ने वित्तिकै चिप्लिएको थियो । विमान दुर्घटनामा कैयौं व्यक्ति घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !