१३ बैशाख २०८१, बिहिबार

प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

प्रकाशित मिति :  8 August, 2020 2:45 pm


रुपन्देही, २४ साउन ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

काठमाडौंमा केहीदिन पहिले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित प्रदेश प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सहभागि प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमणको पुष्टि भएपछि मन्त्री के.सी.को पनि कोरोना परीक्षण गरिएको थियो ।

मन्त्री के.सी.सँगै उनका सुरक्षाकर्मी र चालकको पनि कोरोना परीक्षण गरिएको थियो । मन्त्री के.सी.का स्वकीय सचिव पवन कँवरले आज भनेका छन्,“प्रदेश नं. ५ का माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी. ज्यू दुईजना सुरक्षाकर्मी र चालकको कन्टयाक्ट ट्रेसिङ पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी गराउदछु र मा.मन्त्री ज्यू लगालयत सबैलाई बधाई दिन चाहन्छु ।”

बैठकमा सहभागि प्रधानमन्त्री केपी शर्मा ओलीको पनि हिजो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।



प्रतिक्रिया दिनुहोस !