७ बैशाख २०८१, शुक्रबार

खानेपानी संस्थान बुटवलका प्रमुख स्रोत नखुलेको रकमसहित अख्तियारको नियन्त्रणमा

प्रकाशित मिति :  10 August, 2020 9:47 am


काठमाडौं, २६ साउन ।

नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौंबाट खटिएको टोलीले प्रमुख साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट पक्राउ गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी गराएका छन् ।

उनको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको प्रवक्ता अधिकारीले बताए।

इन्जिनियर साहलाई उक्त संस्थानको लु १ ञ ९५ नं.को गाडीमा बुटवलबाट काठमाडौंबाट आईरहेका बेला पक्राउ गरेर अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ । यसअघि राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानापनि घुस लिएको आरोपमा पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस !