१३ बैशाख २०८१, बिहिबार

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीलाई कोरोना संक्रमणको पुष्टि,अस्पताल भर्ना

प्रकाशित मिति :  10 August, 2020 2:33 pm


काठमाडौं, २६ साउन ।

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

आज ट्वीट गर्दै मुखर्जीले आफूलाई कोरोना संक्रमणको पुष्टि भएको जानकारी गराएका छन् । उनले ट्वीटमा भनेका छन्,” यसपटक अस्पतालको यात्र एक फरक प्रकृयाका लागि, मलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।”

उनले पछिल्लो हप्तामा आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गराउन र आइसोलेट हुन आग्रह गरेका छन् । मुखर्जी ८४ वर्षका छन् । उमेरका कारण पनि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कांग्रेसका चर्चित नेता रहेका मुखर्जी २०१२ देखि २०१७ सम्म भारतको राष्टपति रहेका थिए ।

भारतमा कोरोना संक्रमण गम्भीर बन्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६२ हजार भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । गृह मन्त्री अमित शाहका साथै अर्जुन मघवाल तथा केही केन्द्रीय मन्त्रीहरु कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।

कतिपय राज्य सरकारका मन्त्रीहरुसमे कोरोना संक्रमित बनेका छन् भने केहि दिन पहिले मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई पनि कोरोना संक्रमण भएको थियो । लामो उपचारपछि उनी निको भएर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !