१६ चैत्र २०८०, शुक्रबार

देश र जनतालाई केन्द्रबिन्दुमा राखी सकारात्मक निकास निकालौं : नेकपा प्रवक्ता श्रेष्ठ

प्रकाशित मिति :  10 August, 2020 4:51 pm


काठमाडौं, २६ साउन ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको अहिलेको समस्या समाधानका लागि देश र जनतालाई केन्द्रबिन्दुमा राखी स्प्ष्टरुपमा छलफल गर्न आग्रह गरेका छन ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दैमा लेख्दै प्रवक्ता श्रेष्ठले लोकतन्त्रको अभ्यासका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त भएको बताएका छन ।

“हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा ,बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा,अर्को ठांउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो,” उनले लेखेका छन, “त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन ,बरु जटील बनाउछ, त्यसैले पार्टी, बर्ग,आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा,खुला र स्प्ष्टरुपमा छलफल गरौं र सकारात्मक निकास निकालौं।”

श्रेष्ठको भनाई :

कम्युनिष्ट पार्टीको उदेश्य समाजमा आज सम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु,गराउनु हो ।त्यसका लागि पार्टी भित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त हो।अतस् क पा भित्र अन्तरपार्टीजनवाद,छलफल ,बहस र अन्तरसंघर्स लाई पार्टीको जीवन र चालक शक्ति भनिन्छ। अन्तरसंघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढँगले सञ्चालन गर्नाले बिचारको परिमार्जन एवं बिकास ,संगठनको ब्यबस्थापन ,परिचालन एवं ‬ ‪सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उदेश्यमा योगदान पुर्याउँछ । अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पुर्याउन बैचारिक ,सैध्दान्तिक ,राजनीतिक ,प्रवृत्तिगत र मुद्दागतरुपमा सिधा,खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ ।हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा ,बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा,अर्को ठांउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो ।त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन ,बरु जटील बनाउछ।त्यसैले पार्टी, बर्ग,आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा,खुला र स्प्ष्टरुपमा छलफल गरौं र सकारात्मक निकास निकालौं।पार्टी एकताको रक्षा गरौं,समाजवादउन्मुख सामाजिक-आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं ।‬

 



प्रतिक्रिया दिनुहोस !