१४ बैशाख २०८१, शुक्रबार

विप्लव नेतृत्वको नेकपाका सेती–महाकाली ब्यूरो इन्चार्ज ओम पुन कारागार चलान

प्रकाशित मिति :  10 August, 2020 6:43 pm


कैलाली, २६ साउन ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सेती–महाकाली ब्यूरो इन्चार्ज ओम पुन कारागार चलान भएका छन् ।

आज जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरूको एकल इजलासले पुनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।  उनले धरौटी बुझाउन नसकेपछि कारागार पठाइएको जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए।

तर प्रहरीले पुनः पक्राउ गरी खोटाङ लैजाने तयारी गरेको थाहा पाएपछि पुन धरौटी नबुझाएर उनी कारागार गएको नेकपा स्रोतले दाबी गरेको छ ।

पुनकी श्रीमती पूर्णिमा धामी भने साधारण तारिखमा रिहा भएकी छिन् । धामी अखिल नेपाल महिला संगठन (क्रान्तिकारी)की सेती–महाकाली संयोजक हुन् । पुन र धामी असार ३१ गते धनगढीबाट पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस !