१३ बैशाख २०८१, बिहिबार

अमेरिकी राष्ट्रपति कार्यालय बाहिर गोली चल्यो

प्रकाशित मिति :  11 August, 2020 7:20 am


काठमाडौं, २७ साउन ।

अमेरिकी राष्ट्रपति कार्यालय बाहिर गोली चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउस बाहिर गोली चलेको जानकारी गराएका हुन् ।
राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा पत्रकार सम्मेलन गरिरहेका बेला सुरक्षाकर्मीले उनलाई केही भनेपछि भित्र गए । झण्डै नौ मिनेटपछि फर्केर राष्ट्रपति ट्रम्प बाहिर आएर पत्रकारसँग भने,” लाग्छ स्थिति नियन्त्रणमा छ । ”

ट्रम्पले पत्रकारसँग भनेकी कुनै अमेरिकी गुप्तचरले हतियारबन्द संदिग्ध व्यक्तिमाथी गोली चलाएका छन् । उनका अनुसार यस घटनापछि कसैलाई अस्पताल लगिएको छ ।

राष्ट्रपति ट्रम्पले यो एक असामान्य स्थिति भएपनि गुप्तचार सेवाका अधिकारीले व्यवसायीक तरिकाले काम गरेको भन्दै प्रशंसा गरे ।

ट्रम्पले भने,”व्हाइट हाउसको बाहिर गोली चलेको थियो तर लाग्छ स्थिति पुरा नियन्त्रणमा छ तर वास्तवमा गोली चलेको थियो र कसैलाई अस्पताल लागिएको छ । म उक्त व्यक्तिको बारेमा म जान्दैन । “



प्रतिक्रिया दिनुहोस !