११ बैशाख २०८१, मंगलबार

कांग्रेसको विधानमा नभएको विभाग सदस्यमा म बस्दैन: पूर्वसभापति केसी

प्रकाशित मिति :  11 August, 2020 8:04 pm


प्यूठान, २७ साउन ।

नेपाली कांग्रेस प्यूठानका पूर्व सभापति सुवास के.सी.ले नेपाली कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा सदस्य पदमा आफूलाई मनोनित गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत के.सीले कांग्रस सभापति शेरबहादुर देउवाले महाधिवेशनका संघारमा मनोनयन गरेको भन्दै आफू नबस्ने घोषणा गरेका छन् ।

उनले भनेका छन्,”म नेपाली कांग्रेसको जिल्ला सभापति भैसकेको सन्दर्भका साथै नेपाली कांग्रेस महाधिवेशनको संघारमै भएको र बिधानमा नभएको विभागको सदस्यमा आफूलाई अनुपयुक्त महसुस गरि सो विभागमा नरहने जानकारी गराउँदछु ।”

आफूप्रति सदासयता देखाउनेप्रति आभार व्यक्त गर्दै के.सी.ले नेपाली कांग्रेसको बिचार प्रवाह र संगठन निर्माणमा निरन्तर निस्ठावान कार्यकर्ताको हैसियतले आफ्नो कर्तब्य निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !