७ बैशाख २०८१, शुक्रबार

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर

प्रकाशित मिति :  11 August, 2020 8:58 pm


काठमाडौं, २७ साउन ।

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

भारतीय सेनाको रिसर्च एण्ड रेफरल अस्पतालले आज एक नोटिस जारी गर्दै पूर्व राष्ट्रपति मुखर्जीको अवस्था नाजुक बनेको र भेन्टिलेटरमा राखिएको जानकारी गराएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

८४ वर्षीय मुखर्जी हिजो दिउँसो सैनिक अस्पतालमा भर्ना गरिएको थियो । हिजो नै उनको मस्तिस्कको सर्जरी गरिएको थियो भने त्यसभन्दा पहिले नै उनलाई कारोना संक्रमणको पुष्टि भएको थियो ।

अस्पतालले मेडिकल बुलेटिनमा भनेको छ,”पूर्व राष्ट्रपति प्रणब मुखर्जीको अवस्था नाजुक बनेको छ र उनलाई भेन्टिलेटरमा राखिएको छ । रगतको बाक्लोपनाका कारण समस्या भएपछि हिजो मात्रै उनको मस्तिष्कको सर्जरि गरिएको थियो । उनको अवस्थामा कुनै सुधार आएको छैन र स्थिति नाजुक छ ।”

यसभन्दा पहिले अस्पतालले पूर्व राष्ट्रपतिको १० अगष्टको गम्भीर स्थितिमा १२ बजेर सात मिनेट जाँदा दिल्लीको सैन्य अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार रगतका कारण मस्तिस्कमा समस्या बनेको भन्दै तत्कालै आपतकालिन सर्जरी गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !