२० मंसिर २०८२, शनिबार

भदाै ४ बाट समाज लघुवित्तकाे आइपीओ निष्कासन; सर्वसाधारणका लागि ८० हजार ७ सय कित्ता

प्रकाशित मिति :  12 August, 2020 12:31 pm


काठमाडाैं, २८ साउन ।

समाज लघुवित्त वित्तिय संस्था लिमिटेडले भदाै ४ गतेबाट ८६ लाख रकम बराबरकाे ८६ हजार कित्ता साधारण सेयरकाे विक्री खुला गर्ने भएकाे छ । भदाै ८ गतेसम्म खुला गरिएकाे सेयर न्युनतम १० कित्ता  र अधिकतम ५ हजार कित्तासम्म सेयर भर्न सकिनेछ ।

निस्कासन गरिने सेयर भध्ये ८० हजार ७ सय कित्ता सेयर सर्वसाधणका लागि रहेकाे छ भने १ हजार कित्ता शेयर कर्मचारीलाइ र ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी काेषकाे लागि सुरक्षित गिएकाे हाे ।

नेपाल धिताेपत्र बाेर्डबाट गत साउन २१ गते स्वीकृत लिएकाे समाजले साउन २३ गते नेपाल राष्ट्र बैंकमा विवरण पत्र दर्ता भएकाे थियाे भने कम्पनी रजिष्टारकाे कार्यालयमा साउन २५ गते विवरणपत्र दर्ता गरि सेयर जारी गर्न लागेकाे हाे ।

सर्लाहीकाे मलंगवा रजिष्टर्ड कार्यालय रहेकाे कम्पनी २०७४ वैशाख १ गते कम्पनी रजिष्टारकाे कार्यालयमा दर्ता भएकाे कम्पनी हाे । यसका शाखा कार्यालयहरू सर्लाहीकाे मलंगवा र सिसाेट, महाेत्त्रीकाे साेनमा र पराैल तथा धनुषाकाे घाेडघाँसमा रहेका छन् ।

हाल चुक्ता पूँजी १ कराेड १४ लाख रहेकाेमा सेयर निष्कासनपश्चात कम्पनीकाे चुक्ता पूँजी २ कराेड पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस !