प्रदेश नं ५ प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, २९ साउन ।

प्रदेश नं ५ प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगन भएको छ ।

समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि आज बोलाइएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । यसअघि प्रदेशसभाको २४ औँ बैठक यही साउन १८ गते बसेको थियो ।