१५ चैत्र २०८०, बिहिबार

संवादहिनताको अन्त्य गर्दै सत्तारुढ नेकपाका दुई अध्यक्षबीच छलफल,सकारात्मक वातावरण बनेको दाबी

प्रकाशित मिति :  13 August, 2020 7:42 pm


काठमाडौं, २९ साउन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्रको आन्तरिक विवाद मिलाउन फेरि छलफल सुरु भएको छ ।

साउन २० गतेयता संवादहीनताको अवस्था तोड्दै आज दुइअध्यक्षबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच मात्रै आज अपराह्न करीब चार घण्टा प्रधानमन्त्री निवास बालुुवाटारमा छलफल भएको छ ।

यसअघि साउन १९ र २० का छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी भएका थिए । छलफल सकारात्मक भएको बताईएको छ ।

गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण अवरुद्ध छ । साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष प्रचण्डसहित बहुमत सदस्यको भेलाले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष जिम्मेवारी दिएकामा सोही अनुसार दुई अध्यक्षबीच छलफल भएको हो ।



प्रतिक्रिया दिनुहोस !