८ जेष्ठ २०८१, मंगलबार

सुशांन्त मुद्दामाथि भारतीय अदालतकाे फैसला, अब घटनाकाे छानविन सीबीआईले गर्ने

प्रकाशित मिति :  19 August, 2020 12:24 pm


काठमाडाैं, ३ भाद्र । 

भारतीय अभिनेता सुसान्त सिंह राजपूतकाे रहस्यमय मृत्युकाे मुद्दामा भारतकाे सर्वाेच्च अदालतले फैसला सुनाएकाे छ । अदालतले घटना हत्या हाे वा आत्महत्या भन्ने विषयमा छानविन गर्न भारतीय केन्द्रीय अनुसन्धान व्यराे (सीबीआई)लाइ आदेश दिएकाे छ ।

बुधबार फैसला सुनाउदै अदालतले सीबीआईलाइ मुद्दा हातमा लिएर छानविन गर्न र महाराष्ट्र सरकारलाइ सहयाेग गर्न आदेश दिएकाे हाे । गत जुलाइ १४ मा सुशान्तकाे मृत सरिर झुन्डिएकाे अवस्थामा पाइएकाे थियाे ।

सुशान्तका आफन्तले निष्पक्ष छानविनकाे माग गर्दै आएका छन् । भारतमा सीबीआईमा मुद्दा जानुलाइ निष्पक्ष छानविन हुने विश्वकासका रूपमा लिने गरिन्छ ।

एजेन्सी



प्रतिक्रिया दिनुहोस !