८ बैशाख २०८१, शनिबार

रोल्पाको जुगारमा एक घरमा आगलागी

प्रकाशित मिति :  19 August, 2020 3:08 pm


आगलागीबाट क्षति भएको घर । तस्बिर: प्रतिज्ञा मगरको फेसबुकबाट

रोल्पा, ३ भदौ ।

रोल्पाको त्रिबेणी गाउँपालिका- ५जुगार जिउलामा एक घरमा आगलागी भएको छ ।

बालबालिकाहरुले घरको पालिमा झिम्रि पोल्ने क्रममा जङग बहादुर बिकको घरमा आज आगलागी भएको हो । आगोले घर पूर्ण रुपमा जलेको छ ।

मानवीय र पशुचौपायामा क्षति नभएपनि खाद्यान्न र लत्ताकपडा सबै जलेर नष्ट भएको त्रिबेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वालीले जानकारी दिए ।

आगलागीबाट झन्डै १ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागी नियन्त्रणका लागि त्रिवेणी गाउँपालिकाका अध्यक्ष, शान्त कुमार वली उपाध्यक्ष ,साबित्रा बुढा मगर, लागायतको सकृयतामा आगलागी नियन्त्रणमा आएको थियो ।



प्रतिक्रिया दिनुहोस !