१८ बैशाख २०८१, मंगलबार

रौतहटमा गोली हानी पुजारीको हत्या,प्रहरीद्धारा अनुसन्धान सुरु

प्रकाशित मिति :  20 August, 2020 11:39 am


रौतहट, ४ भदौ ।

रौतहटको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ ।

बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कञ्चटमा गोली हानी हत्या गरिएको हो ।

पुजारी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । मन्दिर परिसरमै पकाइएको खाना तयारी अवस्थामा रहेका बेला पुजारी साहलाई गोली हानी हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक रविराज खड्कासहितको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

पुजारी साहको शव परीक्षणकाका लागि राति नै जिल्ला अस्पताल गौर लागिएको छ । रासस



प्रतिक्रिया दिनुहोस !