४ जेष्ठ २०८१, शुक्रबार

नयाँ २०० सीसी वाला बाइक सार्वजनिक गर्दै हाेन्डा, हर्नेटकाे सक्सेसर हुन सक्ने

प्रकाशित मिति :  21 August, 2020 5:43 pm


काठमाडाैं, ६ भदाै । 

दुइ पांग्रे सवारी उत्पादक हाेन्डाले २०० सीसी क्षमता भएकाे नयाँ बाइक सार्वजनिक गर्ने भएकाे छ । आगामी २७ अगष्टमा भारतीय बजारमा सार्वजनिक गर्न लागेकाे बाइककाे नाम सार्वजनिक गरिएकाे छैन तर विशेषता भने बाहिर आएका छन् ।

अपाचेकाे आरटीआर २०० फाेर भी र बजारकाे पल्सर एमएस २०० सँग प्रतिस्प्रर्धी बाइककाे रूपमा चर्चामा रहेकाे हाेन्डाकाे नयाँ बाइककाे मूल्य १ लाख ३५ हजार भारू पर्न सक्ने भारतीय मिडियाले प्रकाशित गरेकाे समाचारमा उल्लेख छ ।

हाेन्डाकाे हर्नेट सीरिजकाे सक्सेसरकाे रूपमा सार्वजनिक हुन लागिएकाे भनिएकाे याे बाइककाे नाम सीबी हर्नेट २०० आर हुन सक्ने अनुमान छ । नयाँ बाइकमा हेडलेप्स, ठूलाे फ्युल ट्रयाँकी, क्लीप अन ह्यान्डिलबार, डिजिटल इन्टुमेन्ट कन्ट्राेल, एइडी टेल ल्याप लगाएतका फिचर हुन सक्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस !