१७ बैशाख २०८१, सोमबार

रुपन्देहीमा निषेधाज्ञा भदौ १४ सम्म कायम राख्ने निर्णय

प्रकाशित मिति :  23 August, 2020 8:49 pm


रुपन्देही, ७ भदौ ।

रुपन्देहीमा निषेधाज्ञालाई निरन्तरता दिईएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी.को प्रमुख आतिथ्यमा बसेको  जिल्ला संकट व्यवस्थापन  केन्द्रको बैठकले भदौ १४ गते राती १२ बजेसम्मका निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो ।

केन्द्रको निर्णयपछि आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले निषेधाज्ञा भदौ १४ गते राति १२ बजेसम्म बढाईएको जानकारी गराएका हुन् ।

अत्यावश्यक सेवा भने यथावत सञ्चालनमा रहने छन् । आदेश विपरितका कुनै गतिविधि भए कानून बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी माहादेव पन्थबाट जारी गरिएको आदेशमा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दूध तथा डेरी जन्य पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन हुने छन् । कृत्रिम अभाव सिर्जना गर्ने वा सहज आपूर्तिमा अवरोध गर्नेलाई कारबाही गरिने आदेशमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !