१६ बैशाख २०८१, आइतबार

सांसदको गुनासो,’प्रदेश २ मा सीमा बन्द छैन, सशस्त्र प्रहरीले पैसा खाएर मान्छे भित्राइरहेको छ’

प्रकाशित मिति :  25 August, 2020 2:28 pm


काठमाडौं, ९ भदौ ।

संघीय सांसद् डा.सुरेन्द्र यादवले प्रदेश २ अन्तर्गतका जिल्लामा सीमामा लापरबाही भइरहेको बताएका छन् ।

सरकारले सीमा बन्द गरेको भएपनि प्रदेश २ का जिल्लाहरुमा लापरबाही भइरहेको सांसद् यादवले बताएका हुन् । सांसद यादवले सीमा सुरक्षामा सशस्त्र प्रहरीले व्यापक लापरबाही गरिरहेको आरोप लगाएका हुन् ।

शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको ‘भर्जुअल’ बैठकमा समिति सदस्य रहेका यादवले सशस्त्र प्रहरीले पैसा लिएर भारतबाट मानिस भित्राउने गरेको आरोप लगाए ।

उनले भने, ‘बोडर सिल छैन । सशस्त्र प्रहरीले नै पैसा लिएर मानिस भित्राउने गरेको छ ।”  सशस्त्र प्रहरी संघीय सरकार मातहत रहेको भन्दै सांसद यादवले यो के हो भन्दै प्रश्न गरे । प्रदेश -२ मा सशस्त्र प्रहरीको लापरबाहीका कारण संक्रमण बढेको संसद यादवले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !