२० बैशाख २०८१, बिहिबार

कोरोनाका कारण दूग्ध क्षेत्रमा २० अर्बको नोक्सान, राहतबारे छलफल गर्ने सरकारको आश्वासन

प्रकाशित मिति :  5 September, 2020 10:22 pm


काठमाडौं, २० भदौ ।

कोभिड–१९ को महामारीका कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको सरोकारबालाहरु बताएका छन् । कोरोना शुरु भएदेखि हालसम्म दूधको नीजि क्षेत्रमा मात्र २० अर्ब रुपियाँ घाटा लागेको उनीहरुको दाबी छ ।

एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले आयोजना गरेको ‘कोभिड–१९ कारण दूग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरु’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा दूग्ध क्षेत्रका व्य्िरक्तको उक्त धारणा आएको हो ।

कोरोना महामारीका कारण डेरी क्षेत्रमा मात्र होइन, किसानलाई पनि निकै समस्या भएको धारणा राख्दै वाग्मती प्रदेशका भूमी, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दूग्ध क्षेत्रको उद्योगीदेखि लिएर किसानसम्मको समस्या समाधान हुनुपर्ने कुरामा जोड दिए ।

किसानले उत्पादन गरेको दूधले बजार नपाएको बताउँदै मन्त्री लामाले त्यसको बारेमा सरकार तथा नीजि क्षेत्र मिलेर छलफल गरी समाधान गर्नुपर्ने कुरामा जोड दिए ।

कोरोनाका कारण अहिले सबै क्षेत्रमा समस्या भएको तर यसमा सबभन्दा बढी समस्यामा किसान रहेको भन्दै मन्त्री लामाले यसको समाधान दूग्ध क्षेत्रका उद्योगीहरुले पनि समाधान गर्नुपर्ने कुरामा जोड दिए । उनले किसानहरु मर्कामा परेको भन्दै त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने तयारी गरिरहेको जानकारी दिए ।

डेरी तथा दूध क्षेत्रको समस्याको बारेमा आफूले संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रीसँग पनि छलफल गर्ने र समाधानका लागि प्रयास गर्ने प्रतिवद्धता जनाउँदै मन्त्री लामाले कोरोनाका कारण देखिएको समस्या चाँडै समाधान गर्ने प्रतिवद्धता जनाए ।

केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण किसानको दूधमा ३० प्रतिशत ह्रास आएको   बताए । देशभरि सहकारीमा ६ लाख लिटर दूध संकलन हुने गरेकोमा अहिले ३० प्रतिशत कमी आएको बताउँदै उनले अहिले सबै समस्या किसानसँग ठोकिएको बताए ।

किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाएको गुनासो गर्दै उनले भने,“एकातिर किसानको दूयढध विक्रि भइरहेको छैन भने अर्कोतिर विक्रि एका दुधको भुक्तानी नपाइरहेको अवस्थामा किसान साह्रै पीडामा परेका छन् तर सरकारले त्यसमा कुनै ध्यान दिएको छैन । ”
डेरी उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा भएको र उद्योगीहरुले किसानको दूध खरिद नगरेको उनको गुनासो थियो ।

देवकोटाले भने,“अहिले किसानको दुध लिएर पाउडर बनाएर राख्दा पनि हुन्छ तर उद्योगीहरुले त्यस्तो नगरेर किसानको दूध उठाउन छाडेका छन् ।” अध्यक्ष सुवेदीले कोरोनापछि सहज अवस्थामा आउँदा दुधको हाहाकारको अवस्था सृजना हुने बताए । अहिले भएका दूधको व्यवस्थापन नगर्ने अनि पछि किसानलाई दोष देखाउने काम हुने उनको धारणा थियो ।

सरकारले किसानले प्रतिलिटरमा सुविधा दिने वाचा गरेपनि नदिएको सुवेदीले गुनासो गरे । उनले भने,“सरकारले आत्मनिर्भरको कुरा गर्छन् तर त्यो अनुसारको सुविधा दिएको छैन । डेरी क्षेत्रमा संस्थागत विकास हुनु आवश्यक छ ।”

नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले कोरोनाका कारण डेरी उद्योगका ६० प्रतिशत बजार समाप्त भएको बताउँदै हालसम्म यो क्षेत्रले २० अर्बको नोक्सान बेहोरिसकेको बताए । कोरोनाका कारण अर्बौको नोक्सान भएपनि डेरी उद्योग जसोतसो सेवा दिइरहेको बताउँदै उनले किसानको पनि निकै नोक्सान भएको उल्लेख गरे ।

उनले भने,“शदैनिक ६२ लाख दूध उत्पादन हुन्छ तर ३१ लाख दूध मात्र बजारमा जान्छ बाँकी किसानले आफै उपभोग गर्ने गरेका छन् । डेरी क्षेत्र नै यस्तो क्षेत्र हो जसले कृषिका हरेक क्षेत्रलाई समेटेको छ तर सरकारले यहिँ क्षेत्रमाथि ध्यान दिँदैन ।

दुध विकास संस्थानका सञ्चालक समितिका सदस्य शितलकाजी श्रेष्ठले दूध क्षेत्रमा उत्पादनको समस्या ननभएको तर विक्रि वितरणमा समस्या भएको कारणले डीडीसी घाटामा गइरहेको बताए ।

दैनिक दुध संकलनमा ३० देखि ४० रुपियाँ घाटा भइरहेको बताउँदै उनले उत्पादन भएपनि विक्रि नभएको कारण भण्डारण तथा व्यवस्थापनमा समस्या भइरहेको दावी गरे । घीउ, बटर, चिज उत्पादन गरेर भण्डार भइरहेको छ तर त्यसलाई कसरी बेच्ने भनि समस्या भइरहेको उनको भनाई थियो ।

 



प्रतिक्रिया दिनुहोस !