२३ बैशाख २०८१, आइतबार

मल आपूर्ति गर्न नसक्ने दुई कम्पनीको ठेक्का रद्ध, धरौटी जफतसहित कालो सूचीमा राख्ने निर्णय

प्रकाशित मिति :  6 September, 2020 7:17 pm


काठमाडौं, २१ भदौ ।

सरकारले सम्झौता अनुसार रासायनिक मल आपूर्ति गर्न नसकेपछि दुई कम्पनीको ठेक्का रद्ध गरेको छ ।

कृषि समाग्री कम्पनी लिमिटेडका महाप्रवन्धक नेत्रबहादुर भण्डारीले  शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरेको जानकारी गराएका छन् ।

लुम्बिनी सञ्चारसँग उनले भने, “विगतमा छाडा छाड्ने काम भयो अब त्यो हुँदैन । हामीले कारबाही गर्ने निर्णय गरेका छौं । ठेकदारले बदमासी गर्दा मलमा समस्या त भयो तर हामीले कारबाही गरेका छौं ।”

महाप्रवन्धक भण्डारीले धरौटी जफत गर्ने, सार्वजनिक खरिद ऐन अनुसार कालो सूचीमा राख्न सिफारिस गर्ने र क्षतिपूर्ति दाबी गर्ने निर्णय भएको जानकारी दिए ।

निर्णयपछि दुवै कम्पनीले राखेको पाँच/पाँच करोड रुपैयाँ धरौटी रकम जफत हुने छ । ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्काको जिम्मा पाएका थिए । सम्झौता अनुसार दुवै कम्पनीले साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो ।

हिजोसम्म मल नल्याएपछि कृषि सामाग्री कम्पनी लिमिटेडले आज कारबाही गर्ने निर्णय गरेको थियो । कृषि सामाग्रीले यदि बाटोमा मल आएको भएपनि समय थप्ने तयारी गरेको थियो । तर, दुबै कम्पनीले मल नै नल्याएको देखिएपछि मन्त्रालयले कारबाही गरेको हो ।

ठेकेदार कम्पनीहरुले समयमै मल नल्याउँदा यसपटक मलको चरम अभाव भएको छ । शैलुङ इन्टरप्राइजेजका मालिक अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन् । उनी सडक निर्माणमा बदनाम छन् । उनैले ठेक्का पाएपछि आलोचना समेत भएको थियो । मल ल्याउन नसक्दा अभव सुरु भएलगत्तै कृषि मन्त्री घनश्याम भुसालको आलोचना सुरु भएको थियो । भुसालको निर्देशनमा अधिकारी र अर्को एक कम्पनीमाथी कारबाही भएको छ ।



प्रतिक्रिया दिनुहोस !