६ जेष्ठ २०८१, आइतबार

भारत-चीन तनाव: दुई देशका सेनाबीच लद्दाख सीमा क्षेत्रमा दोहोरो गोली हानाहान

प्रकाशित मिति :  8 September, 2020 8:26 am


काठमाडौं, २३ भदौ ।

भारत र चीनका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा दोहोरो फायरिङ भएको छ ।

सन् १९७५ पछि भारत र चीनबीच सीमा क्षेत्रमा पहिलो पटक दोहोरो गोली हानाहान भएको छ । यसअघि पटक पटक झडप हुँदै आएको लद्दाखको प्याङगोँग ताल क्षेत्रमा दोहोरो फायरिङ भएको हो ।

भारतीय सेनाको भनाई उल्लेख गर्दै भारतीय मिडिया आजतकले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा पूर्वी लद्दाख क्षेत्रमा चीनले पहिले फायरिङ गरेको बताएको छ ।

जवाफमा भारतीय सेनाले पनि गोली प्रहार गरेको समाचारमा उल्लेख छ । चीनले भने भारतीय सेना एलएसी पार गरेपछि कारबाही गरेको स्पष्टिकरण दिएको छ ।

चीनको ग्लोबल टाइम्स पत्रिकाको अनलाईन सस्करणले भारतीय सेना गैरकानूनी ढंगले एलएसी पार गरेर सहमतिको गम्भीर उल्लंघन गरेको आरोप लगाएको छ ।

भारतीय सेनाले एलएसी पार गरेपछि बाध्य भएर गोली चलाएको चीनको प्रतिकृया रहेको समाचारमा उल्लेख छ । चीन वार्ता गर्न चाहेपनि भारतले कुनै प्रतिकृया नदिएको ग्लोबल टाइम्सले दाबी गरेको छ ।

चीनीयाँ सेनाका प्रवक्ता कर्णेल जांग शियूलीले भनेका छन्, “भारतीय सैनिकले भारत चीन सीमाको पश्चिम क्षेत्रमा एलएसी पार गरे र प्योंग त्सो तालको दक्षिणी किनाराको नजिक शेनपाओ पहाडको क्षेत्रमा घुसेका थिए ।”

उनले भारतको सैनिक भडकाव विरुद्ध कारबाही गरेको बताएका छन् ।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस !