१९ बैशाख २०८१, बुधबार

पूर्व सभामुख महराको पहलमा रोल्पामा मानसिक सन्तुलन गुमाएकी महिला र बालिकाको उद्धार

प्रकाशित मिति :  11 September, 2020 6:28 pm


रोल्पा, २६ भदौ ।

पूर्व सभामुख कृष्णबहादुर महराको पहलमा मानसिक सन्तुलन गुमाएर अलपत्र रोल्पा त्रिवेणी गाउँपालिका-५  की बिट्टु बिकको उद्दार भएको छ ।

नेपालगंज केन्द्रीय कार्यालय रहेको नीलसागर सेवाश्रममा रहने गरि बिकको उद्दार गरिएको पूर्व सभामुख महराले बताएका छन् ।

पूर्व सभामुख महराले आफ्नो जन्म स्थान रोल्पामा यसरी दुधे बालक बोकेर मानसिक सन्तुलन गुमाएकी महिला बेबारिसे अवस्थामा हिडिरहेको समाचार पढेपछि आफूलाई निकै दुख लागेकाले तत्काल उद्दारको पहल गरेको बताए । पूर्व सभामुख महरा केही समयदेखि रोल्पामै रहेका  छन् ।

समाचारमा आएजस्तो बिट्टु बिक पूर्व माओवादी कलाकार र जनमुक्ति सेना भए नभएको खुलेको छ । यद्यपी मानवीयताका हिसावले आफूले तत्काल उद्दारका लागि पहल गरेको पूर्व सभामुख महराको भनाइ थियो ।

मानसिक सन्तुलन गुमाएकी बिट्टुको पालनपोषण उपचार तथा बालकको पालन पोषण र पठनपाठन नीलसागरले गर्ने भएको छ । नीलसागरको प्रस्ताव आफूलाई उपयुक्त लागेकाले उक्त संस्थामा पठाएको पूर्व सभामुख महराले जानकारी दिए ।

नेपालगंजमा केन्द्रीय कार्यालय रहेको नीलसागर सेवाश्रमले बिट्टुको स्वास्थ्य उपचारका साथै उनी र उनको छोरीको पालनपोषण गर्ने आफ्नो संस्थाले गर्ने केन्द्रीय अध्यक्ष सरिता खनालले जानकारी दिईन् ।



प्रतिक्रिया दिनुहोस !