७ जेष्ठ २०८१, सोमबार

बुटवल कोरोना अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  12 September, 2020 8:48 am


बुटवल, २७ भाद्र ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

रुपन्देहीको ओमसतिया गाँउपालिका ५ का ४० वर्षीय पुरुषको भेन्टिलेटरमा राखी उपचार भइरहँदा गएराती श्वासप्रश्वासमा समस्या भएपछि राती साढे १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गई परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएका उनलाई १६ गते कोरोना अस्पतालमा सारिएको र २४ गतेबाट स्वास्थ्यमा थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको डा. थापाले बताए ।

मृतक मधुमेहका बिरामी थिए ।



प्रतिक्रिया दिनुहोस !