२७ बैशाख २०८१, बिहिबार

सुनको मुल्य प्रतितोला ४ सयले बढ्यो

प्रकाशित मिति :  14 September, 2020 1:11 pm


 

काठमाडौं, २९ भदौ । साताको दोस्रो दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

साताको पहिलो दिन आइतबार स्थिर सुनको मुल्य सोमबार ४ सयले बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएको थियो भने सोमबार प्रतितोला ९६ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन सोमबार प्रतितोला ९६ हजार ४ सय मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !